काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम जनताको समस्यालाई कांग्रेसले उठाएको बताएका छन् । परिवर्तन अभियान नेपालले आइतबार आयोजना गरेको ‘सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समस्या : आगामी कार्यभार’ विषयक संवादमा उनले कांग्रेस आम जनताको पार्टी भएकाले जनताको आवाजलाई संसद् र सडकमार्फत उठाएको बताए ।
नेता सिटौलाले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताको आवाज उठाउनुपर्ने बताए । “जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामाना गर्न तयार छ”, नेता सिटौलाले भने ।
कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउने स्पष्ट पारे । कांग्रेससहितका प्रतिपक्षले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिको सामाना गर्न कांग्रेस तयार रहेको उनको भनाइ छ ।नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नबनेको बताए ।
प्रतिक्रिया दिनुहोस्