Ads

अर्थतन्त्रमा कृषिको योगदान बढ्दै


काठमाडौँ\ आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने यो चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेकोमा चालु आवमा यसको योगदान २४.०९ प्रतिशत रहने अनुमान गरेको छ । यसरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि हुनेमा बिउबिजन, मल, सिँचाइ, यान्त्रिकीकरणको उपलब्धता रहेको कृषि विभागका महानिर्देशक डा. हरी केसीले जनाए ।

उनले समग्रमा उत्पादन तथा उत्पादकत्व बढेको हो तर बाँझो जमिनका कारण आत्मनिर्भरतर्फ अग्रसर नभएको उहाँले बताए । उत्पादनमा बर्सेनि उत्पादन वृद्धि भइरहेको उनको भनाई छ। सातौँ कृषि गणना, २०७८ मा कृषक परिवार सङ्ख्या ७.८ प्रतिशतले वृद्धि भएकोमा कृषि चलनको कुल क्षेत्रफल १२.४ प्रतिशतले घटेको छ । कृषक परिवार सङ्ख्या नै १०.९ प्रतिशतले घटेको छ ।

सातौ कृषि गणना अनुसार कुल जनसङ्ख्याको ६६.७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन् भने छैटौँ कृषि गणना अनुसार ७७.६ प्रतिशत जनसङ्ख्या कृषि परिवारभित्र थियो । यस अवस्थामा पनि कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि नै भइरहेका छन् ।

कृषि गणना २०६८ अनुसार आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवार ४० प्रतिशत थियो भने कृषि गणना २०७८ अनुसार यस्तो परिवार ४५ प्रतिशत रहेको छ । यसले नै पुष्टि हुन्छ कि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू