काठमाडाैं । नेपाली कांग्रेसकाे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहकारीको रकम अपलचन बारेमा बन्ने संसदीय छानबिन समितिको कार्यादेश बनाउन भएको कार्यदलको प्रगति बारेमा ब्रिफ भएको छ ।
पार्टीको आन्तरिक छलफलपछि कांग्रेस नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुग्दै छन् ।
‘बचतकर्ताको रकम फिर्ता ग्यारेन्टी गर्ने र गोर्खा मिडिया नेटवर्कमा भएको लगानी अपचलन बारेमा संलग्न सबैको बारेमा छानबिन गर्ने विषय राखेका छौँ । हामी कतिसम्म लचिलो बन्न सक्छाैँ त्यो बैठकमा भन्छौँ,’ कांग्रेस सहमहामन्त्री जीवन परियारले भने ।
आफूहरुले गरेको ब्रिफमा सभापति शेरबहादुर देउवाले गरिरहेको काम ठीक भएको बताएको उनले बताए । सरकारसँग सहमति नभए बजेट आउने समयमा संसदको अवरोध कायमै रहने परियारले बताए ।
बालुवाटारमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री परियार र नेता ज्ञानेन्द्र कार्की जाँदै छन् ।
प्रतिक्रिया दिनुहोस्