Ads

बजेट स्विकृत गर्न मन्त्रीपरिषद् बैठक बस्दै


काठमाडौँ \ संघीय संसदमा पेश हुने आगामी आर्थिक वर्षको बजेट पारित गर्न अहिले केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

आजको बैठकमा आर्थिक वर्ष २०८१\०८२ को बजेट स्वीकृत गर्नेबाहेक अन्य एजेन्डा नरहेको बताइएको छ । दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्दै छन् ।

अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ । अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नेछन् । बजेटको आकार र आफूले दिएका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा जानकारी गराएपछि प्रस्ताव स्वीकृत गर्ने चलन रही आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू