मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याइने बताएका छन् ।
नेकपा एमालेको बसेको संसदीय दलको बैठकमा उनले प्रदेशसभामा नेपाली कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताए ।
दलका नेता तथा मुख्यमन्त्री कार्कीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले प्रदेशसभाको बैठक बहिष्कार गर्नु उचित नभएको बताए । मुख्यमन्त्री कार्कीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दायर गरेपछि प्रदेशसभा बैठक बहिष्कार गर्दै आइरहेको छ । कोशी प्रदेशसभाको बैठक जेठ २१ मा बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्