Ads

पर्यटनमन्त्री तामाङको दाबी- आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ


काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीलगायत सबैसँग समन्वय गरेर सहकार्य गरेर एकापसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने आवश्यकता रहेको बताए । उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ‘हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान साहसी सान’ भन्ने नारासहित सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको उल्लेख गरे ।

पर्यटनमन्त्री तामाङले विश्वभर तापक्रम वृद्धिलगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनका लागि एक समिति गठन गरेको बताए । उनले समितिले चाँडै नै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन बुझाउने बताए ।

Ads

सम्बन्धित पोष्टहरू