Ads

रोकिएन वन्यजन्तुको हैरानी,दिनहुँ गाउँ पस्छन् हात्ती


ईटहरी, सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् । पछिल्लो समय दिनहुँजसो जंगली हात्ती मानव वस्तिमा छिर्न थाले पछि सर्वसाधारण त्रसित बनेका हुन् ।

मङ्गलबार राती र बिहान कोशी गाउँपालिका ३ र ४ मा पसेको जङ्गली हातीको आतङ्कले स्थानीयहरु त्रसित बनेका हुन् । जङ्गली हात्तीले कोशी(३ का जागेश्वर मेहताको घरमा क्षति गरेको छ भने केहीको उखुबाली र तरकारी बालीमा क्षति गरेको स्थानीय देवराज यादवले जानकारी दिए । केही महिनादेखि बन्द रहेको हात्ती आतङ्क सोमबार र मङ्गलबार रातीदेखि फेरि सुरु भएकाले स्थानीयहरु त्रसित बनेका स्थानीय बताउँछन् ।

लाखौंको बाली क्षति गरेको हात्तीले गत मङ्सिरसम्ममा चालु आर्थिक वर्षमा मात्रै कोशी प्रदेशमा पाँच जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । पूर्वी नेपालका झापा, मोरङ् तथा सुनसरीमा वर्षौ देखि जंगली हात्तीको हैरानी कायमै छ । पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा समेत बाँदर र बँदेलले दुःख दिने क्रम बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू