नयाँदिल्ली – प्रचण्ड गर्मीको चपेटामा परेको दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो राष्ट्रिय राजधानीमा सबैभन्दा उच्च तापक्रम हो ।
क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवका अनुसार स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसअघि मे २६ अर्थात आइतबार मुङ्गेशपुरको तापक्रम ४८ दशमलव तीन डिग्री सेल्सियस थियो ।
भारत मौसम विज्ञान विभाग (आइएमडी)ले बुधवार र बिहीबार दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर ९लू० को चेतावनी जारी गरेको छ ।
आइएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा गर्मीको लहरदेखि गम्भीर गर्मीको लहर अवस्थाको सम्भावना छ । आज र भोलि हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढका विभिन्न भागमा लू चल्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्