काठमाडाैं । टी-२० सिरिजको तेस्रो खेलमा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जित्दै सुरुमा ब्याटिङ रोजेका हुन् । वेस्ट इन्डिज ‘ए’ ले ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङको निम्तो पाएको छ ।
नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्लेइङ ११ तयार पारेको छ । टिममा विनोद भण्डारी र आरिफ शेखले मौका पाएका छन् । नियमित कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आराम दिइएको छ ।
यसअघि भएका दुई खेलमा नेपाल र वेस्टइन्डिजले १-१ खेल जितेका छन् । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा वेस्टइन्डिज १० रनले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्