काठमाडौं । रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि भन्ने नाराको साथ सीप मेला २०८१ काठमाडौंको टुँडिखेलमा आज देखि सुरु भएको छ।
काठमाडौं महानगरपालिकाले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सीपमूलक तालिम दिँदै सीप मेला सुरु भएको छ।
मेलाको उदघाट्न गर्दै उप्रमुख सुनिता डंगोलले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताइन्।
उनले काठमाडौं महानगरपालिकाले सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताइन्।
उनले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको बताइन्।
उनले पछिल्लो समय बजारमा बेरोजगारी बढ्दै गएको स्वरोजगार बनाउने महानगरको उद्य्देश्य रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्