Ads

कहिले देखि आउँछ मौषममा सुधार ?


काठमाडौं, लगातारको खडेरी र पश्चिमी वायुको प्रभाव शनिवार देखि कम हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि मौसममा केही बदली सुरु हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली भित्रिदा शनिबारबाट बदली हुने भएको हो । पश्चिमी न्यूनचापीय प्रणाली नेपालको पश्चिमी भू–भाग हुँदै नेपाल प्रवेश गर्नेछ ।

यस प्रणालीका कारण पहाडी भू–भागमा हल्का वर्षा मात्रै गराउनेछ । त्यसपछि यो प्रणाली कमजोर हुनेछ । पश्चिम र पूर्वी नेपालका पहाडी भू–भागमा हल्का वर्षा गराए पनि पुनः केही दिनमा मौसम पुरानै अवस्थामा फर्किनेछ ।
यसैबीच, पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले राति कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू