गुल्मी, गुल्मीमा आगोलागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ । मालिका गाउँपालिका वडानम्बर(५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
आगोलागीबाट नेपाल टेलिकमको बिटिएस टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्रि ७२ वटा, विद्युत मिटरबक्स, केबुल सम्पुर्ण जलेर क्षति भएको छ । टावर वरपर लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ ।
जिल्लामा गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिकजसो आगोलागीका घटनाहरू बढ्दै गएका छन् । आगोलागीका कारण जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर ६ दौघामा ५ वटा घर गोठ र पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्लामा वैशाख महिना शुरु भएपछि आगोलागीका घटना दैनिक बृद्धि भएका छन् । जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन् ।
सयौं नागरिक घरबार बिहिन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्