Ads

आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ: अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने जिकिर गरे।

अध्यक्ष ढकालले आइटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए।

आइटीको क्षेत्र कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको क्षेत्र भएको उनकाे भनाइ छ।

अध्यक्ष ढकालले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट आइटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको छ। नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र हो। आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ। यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ। जतिपनि कारोबारहरू हुन्छ, कारोबारहरू पारदर्शी गर्ने हिसाबमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौं, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ। सहज हिसावले काम गर्ने वातावरण बन्छ।’

उनले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको पनि बताए।

Ads

सम्बन्धित पोष्टहरू