Ads

आगलागी पीडित खुल्ला आकाशमुनि रात कटाउन बाध्य


सर्लाही\ सर्लाहीको विष्णुपुरका आगलागी पीडित खुल्ला आकाशमुनि रात कटाउन बाध्य भएका छन् । त्यहाँ भएको भिषण आगलागीमा परि विस्थापित भएकाहरुले अझै पर्याप्त राहत र उचित बास्थापन पाउन सकेका छैनन् ।

त्यहाँ बिहीबार दिउँसोबाट सुरु भएको आगलागी साँझ अबेर मात्र नियन्त्रणमा आएको थियो। घटनास्थलमा तत्काल दमकल पुग्न नसक्दा आगलागीबाट गाउँ सखाप हुन पुगेको बताइएको छ । सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल बिग्रिएर मर्मतका लागि पठाइएको र हरिवन नगरपालिकाको दमकल रानिगञ्ज क्षेत्रमा भएको आगलागी नियन्त्रण गर्न पुगेकाले घटनास्थलमा ढिलोगरी दमकल पुगेको थियो । साँझ परेपछि हरिवनसहित महोत्तरीको रामगोपालपुर र सम्सीसहित जनकपुरस्थित मधेश प्रदेश प्रहरी गणबाट चार वटा दमकल घटनास्थलमा पुगेको थियो ।

स्थानीय अजितकुमार सिंहले आगलागीबाट बस्ती सखाप भएपछि बल्ल दमकल घटनास्थलमा आइपुगेको गुनासो गरे । ”  घटनास्थल सदरमुकाम मलङ्गवादेखि १९ किलोमिटर दक्षिण–पश्चिम भेगस्थित भारतीय सीमानजिक पर्छ । आगलागीपछि घरसहित घरभित्रका खाद्यान्न, कपडालगायत सामग्री खरानी भएपछि पूरै बस्तीका स्थानीय खेतमा खुला आकाशमुनी बसेका छन् ।

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका –१, बारा उद्योरण बस्तीमा बिहीबार भिषण आगलागी भएको थियो । घटनास्थलमा पुग्नुभएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रारम्भिक विवरणअनुसार आगलागीबाट ७० वटा घर जलेको जानकारी दिए । ‘यो प्रारम्भिक विवरण हो, विस्तृत विवरण सङ्कलन भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी धमलाले भने ।  जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी धमलाले पीडितलाई तत्काल त्रिपाल र खानेकुराको जोहोमा लागिपरेको जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू