Ads

श्रीमतीको हत्या गरेर श्रीमान फरार


मोरङ, मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। सुन्दरहरैंचा नगरपालिका ५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्या गरेर श्रीमान फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार हत्यापछि मनमायाका पति ५० वर्षीय पदमबहादुर तामाङ फरार भएका हुन्।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर फरार रहेका पदमबहादुरको खोजी तीव्र पारेको छ। डीएसपी बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा बिहीबार बिहान ७ः२० बजेतिर मनमायाको शव घरभित्रै फेला परेको हो। सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको थियो ।

उनका अनुसार प्रहरी घटनास्थलमा पुग्दा शव भेटिएको कोठाको ढोका खुला थियो। पत्नीको हत्यापछि कोठा खुलै राखी भागेका पदमबहादुर अहिलेसम्म सम्पर्कविहीन रहेको जानकारी बस्नेतले दिए । लगत्तै प्रहरी चौकी गछिया र अस्थायी प्रहरी पोस्ट बलियाबाट संयुक्त टोली घटनास्थल पुगेको थियो। हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला भेटिएको प्रहरीले जानकारी दिएको छ।

Ads

सम्बन्धित पोष्टहरू