Ads

अस्पताललाई गाउँपालिकाको सहयोग


दमक/  झापाको कमल ७ स्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई सहयोग स्वरुप स्थानीय सरकारले ३ लाख बराबरको औषधी प्रदान गरेको छ । सो आयुर्वेद अस्पताललाई गाउँपालिकाले विभिन्न किसिमका औषधी लगायतका सामाग्रीहरु सहयोग उपलव्ध गराएको हो । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालमै पुगेर ती स्वास्थ्य सहायता सम्बन्धिका सामग्री हस्तान्तरण गर्दै आयुर्वेद चिकित्सा पद्धतीले स्वास्थ्य सेवामा फरक किसिमको योगदान दिएर आम नागरिकको मन जित्नुपर्ने अवस्था रहेको बताए ।  पालिकाले दिएको सहयोग अन्तर्गत औषधीसहित आम सर्वसाधारणका लागि अस्पतालको सेवाबारे जानकारीमुलक सन्देश , होडिङ्ग बोर्ड आदि राखिने अध्यक्ष राईले बताए ।

करिब दुई वर्ष अघिदेखि सञ्चालनमा आएको यो आयुर्वेद अस्पताल कोशी प्रदेश सरकारको निगरानी र नियमनक्षेत्र भित्र पर्छ । अस्पतालका प्रमुख डा. सिद्धार्थ ठाकुरले आयुर्वेद अस्पतालको सेवालाई थप प्रभावकारी र सहज बनाउन कमल गाउँपालिकाबाट प्राप्त यो सहयोगले महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । विरामीका लागि औषधी अभाव भएपछि पालिकासँग सो अस्पतालका प्रमुख डा. ठाकुरले सहयोगको आग्रह गरेका थिए ।
अघिल्लो साता दमक नगरपालिकाले पनि सो अस्पताललाई ३ लाख बढी मूल्यका विभिन्न आयुर्वेद औषधीहरु सहयोग गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू