Ads

बागमती मुख्यमन्त्री जम्कट्टेलद्वारा भवन शिलान्यास


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–८ स्थित कमानेमा प्रदेश, शिक्षा विकास निर्देशनालय मकवानपुरको भवनको आज एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । प्रदेश सरकारको करिब रु २१ करोड २५ लाखको लागतमा तीन वर्षभित्र भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको प्रदेश शिक्षा विकास निर्देशनालयका प्रमुख दीपेन्द्र सुवेदीले बताए ।

उनले प्रदेशमा विज्ञ तथा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यको लागि प्रदेश सरकारले क्रमश ः भौतिक पूर्वाधार विकासको अभियान जोड्दै लैजाने नीति लिएको उल्लेख गरे । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा आवश्यकता अनुरुप राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार विकास र शिक्षा गुणस्तरलाई विदेशमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्ने उद्देश्यले प्रदेशमा पनि प्राविधिक विश्वविद्यालयको स्थापना गर्न लागिएको बताए ।

सो अवसरमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राष्ट्रलाई आत्मनिर्भर पु¥याउन सक्ने प्राविधिक विकासको शिक्षालाई प्रदेश सरकारले गुरुयोजनाको कार्यान्वयन गर्न बजेट र जनशक्ति उपलब्ध गराउँदै लैजाने सरकारले नीति बनाएको जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सङ्घीय सरकार र त्रिभूवन विश्वविद्यालयले वर्तमान शिक्षा नीतिलाई परिमार्जन गरी देशमै खपत हुनसक्ने प्राविधिक जनशक्तिलाई उत्पादन गर्ने कार्यक्रमको तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

Ads

सम्बन्धित पोष्टहरू