Ads

२०८१ वैशाख २३ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पुर्याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुन सक्छ, निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नगद सहयोग गर्न बन्द गर्नुहोला । बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नी बीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)हड्डी, नशा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)पति पत्नी बीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । केहि मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्ने छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइ रहने हुन सक्छ । प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केहि कमी हुन सक्ने भएकोले संयम हुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू