Ads

जोगवनी पनि दुई दिन बन्द


विराटनगर\ भारतमा बैशाख २५ गते अर्थात ७ मे मा हुने लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको सिमानाका जोगबनी नाका तीन दिन बन्द गरिने भएको छ । जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका बैशाख २३ गते साँझ ६ बजे देखि बैशाख २५ गते राति १२ बजे सम्म नाका सिल गरिने भएको हो ।

यसैगरी मोरङको सिमा क्षेत्र पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू