काठमाडाैं । जापानकी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा काठमाडौं आइपुगेकी छन् ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको आइतबार नेपाल आएकी हुन् ।
उनको यो पहिलो नेपाल भ्रमण हो।
भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।
विदेशमन्त्री कामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्ने बताइएको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।
विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापानका लागि प्रस्थान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्