Ads

महान्यायाधिवक्ता डा. पोखरेल नयाँ दिल्ली प्रस्थान


काठमाडाैं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल भारत भ्रमणमा छन् ।

नयाँ दिल्लीमा आजदेखि शुरु हुने युएनओडिसीको दक्षिण एसिया क्षेत्रीय उच्चस्तरीय कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भिस्तारा एयरलाइन्सको युके-१५८ उडानमा महान्यायाधिवक्ता पोखरेल बिहान पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यता उडेको बताइएको छ ।

महान्यायधिवक्ता डा. पोखरेल सोही एयरलाइन्सको उडानबाट बुधबार दिनको २ बजे काठमाडौँ फर्कने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू