Ads

एकीकृत समाजवादी संसदीय दलको बैठक जारी


काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरू भएको छ।

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक सुरूभएको जानकारी दिए।

यही वैशाख २८ गतेदेखि सुरूहुने संघीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिए।

उनले भने,’अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ। बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ।’

जारी बैठकमा समाजवादीकातर्फबाट प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका ८ सांसद् उपस्थित छन्।

Ads

सम्बन्धित पोष्टहरू