Ads

‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन हुँदैन: जसपा


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ ।

आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो ।

आज, सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।

हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उनले उल्लेख गरेका छन् । उनले बहुमत केन्द्रीय सदस्य पार्टीप्रति नै प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

“…केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।

नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसद जसपा नेपालबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू