मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । मान-सम्मान प्रतिष्ठा पाइनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बितेपनि साथ-सहयोग दिनेहरू बढ्नेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ, आरोग्यता रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कर्मबल बढ्ने समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । तथापि, परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायमा भने कममात्र फाइदा होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने र उद्योग तथा व्यापारमा विशेष फाइदा हुने समय छ । टाढाको यात्राको पनि योग रहेको छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): गरिएका कर्मको उचित प्रतिफल पाइने दिन छ । कामको चाप होला तर राम्रै धन आर्जन हुने योग छ । व्यावसायिक यात्रा सफल हुनेछ । दाम्पत्यजीवन रमाइलो रहनेछ । साझेदारीको काममा भने समस्या आउन सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ तर विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम, धन, मान, महत्व बढ्नेछन् । आरोग्यता रहनेछ । कार्यसम्पादन क्षमता बढ्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । सुख वृद्धि हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): महत्वपूर्ण काममा सफलता प्राप्त हुने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने समय छ, होसियार रहनुहोला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्