काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने बताइएको छ ।
बैठक वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्