Ads

भारतले पानी रोक्यो, विद्युत उत्पादन ठप्प


नवलपरासी, भारतले गण्डक नहरमा पानी बन्द गरेको छ । जसका कारण जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ । पश्चिम् नवलपरासीको प्रतापपुर ७ सुरजपुरामा रहेको मुलुककै पुरानो गण्डक जलविद्युत केन्द्रमा भारतले पानी रोकेको हो ।

नहर सरसफाई र मर्मतका लागि भन्दै कार्तिक र चैतमा पानी बन्द गर्ने नियमित प्रक्रिया अनुरुप नहरमा भारतीय पक्षले पानी बन्द गरेको हो । नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको निर्णयमा भर पर्दछ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेपछि बिधुत उत्पादन बन्द भएको हो ।

औपचारीक रुपमा कुनै पत्र नदिए पनि मौखिक रुपमा भारतले नहरमा पानी बन्द गरेको जनाएको हो । केन्द्रका प्रमुख पीताम्बर भुसालका अनुसार वर्षमा २ पटक पानी बन्द हुँदै आएको छ ।पानी बन्द भएकै अवस्थामा जलविद्युत केन्द्रका उपकरणहरू मर्मत गरिने भुसालले बताए ।

चैत १३ गते बाट नहरमा पानी बन्द भएको हो । कहिले खुल्छ भन्ने पनि जानकारी छैन । कार्तिक र मङ्सिरको बिचमा पनि भारतले पानी बन्द गर्ने हुँदा जसका कारण अहिलेको अवस्थाको युनिट अनुसार नेपाललाई दैनिक झन्डै ७ देखि ८ लाख रुपैयाँ घाटा भएको छ छ। १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको केन्द्रमा टर्वाइन मर्मत नहुँदा ४ दशमलव ५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।

यहाँ बाट उत्पादित बिजुली १३२ केभी बर्दघाट सब स्टेसन र रामनगर प्रसारणलाईमा जोडिँदै आइएको छ ।केन्द्रको एउटा टर्वाइन १५ वर्षदेखि मर्मत नहुँदा क्षमताअनुसार विद्युत् उत्पादन भएको छैन । तीनवटा टर्वाइन रहेको यस पावर हाउसको एउटा टर्वाइन काम नलाग्ने अवस्थामा छ । करिब ३ वर्ष दुई वटा टर्वाइनले काम नगरेपनि २ नम्बर टर्वाइन अघिल्लो वर्ष मर्मत गरेर सञ्चालनमा आएको छ ।

तर, तीन नम्बर टर्वाइन भने २०६५ सालदेखि बिग्रिएर बसेको छ । मर्मतका लागि विद्युत् प्राधिकरणले पटक पटक सरकारसँग बजेट माग गर्ने र विदेशबाट प्राविधिक मगाउनुपर्ने भएपनि लामो समयदेखि मर्मत भएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू