Ads

मुख्यमन्त्री जम्कट्टेललाई हेलिकाेप्टरमार्फत काठमाडाैं ल्याइयाे, नर्भिकमा उपचार हुँदै


काठमाडाैं । अचानक स्वास्थ्यमा समस्या आएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई रामेछापबाट हेलिकाेप्टरमा उद्धार गरी काठमाडाैंकाे नर्भिक अस्पतालमा भर्ना गरिएकाे छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उनकाे उपचार भइरहेकाे र अहिले स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको सचिवालयले जानकारी दिएकाे छ ।

रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि जाँदै गर्दा जम्कट्टेल बाटैमा अस्वस्थ भएका थिए ।

त्यसपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएकाे हाे । उनमा श्वासप्रश्वासको समस्या देखिएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू