Ads

अन्तर कलेज फुटसल च्याम्पियनसिप वैशाख २६ देखि


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा २०८१ वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म अन्तर कलेज फुटसल च्याम्पियनसिप हुने भएको छ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु जेठ ९ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा च्याम्पियनसिप हुने जानकारी गराएको हो।

उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्शन स्पोर्ट्स एचडी वान च्यानलबाट गर्नेछ। उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको छ।

प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टीमको सहभागिता रहनेछ। सहभागी टीमहरुलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलहरु खेलाइने छ।

Ads

सम्बन्धित पोष्टहरू