Ads

पार्टी विभाजन पछि जसपा नेपाल अदालत जाँदै


काठमाडौं । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपाल अदालत जाने भएको छ । यस अघि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको तर्क गर्दै आएको छ ।

दल विभाजन सम्बन्धी कानूननै नभएको बेलामा निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता दिएकोप्रति जसपा नेपालको असन्तुष्टि छ।

अध्यक्ष यादव अमेरिका भ्रमणमा भएको बेलामा राईको नेतृत्वमा आइतबार निवेदन दिए लगत्तै आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो। हिजो बसेको बैठकले पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू