Ads

बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन


काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउन सक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएका हुन् ।

‘बहुउद्देश्यीय आयोजना ठुलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन् भन्दै प्रचण्डले समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्य योजना र पूर्व तयारीको व्यवस्था गर्न निर्देशन दिए । उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न समेत निर्देशन दिए ।

मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने पनि बताए ।

Ads

सम्बन्धित पोष्टहरू