Ads

विकास र सुशासनमा प्राथमिकता दिने प्रतिवद्धता


काठमाडौं । हालै उपनिर्वाचनबाट निर्वाचित ईलाम क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य सुहाङ नेम्वाङ्ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बुधबार सांसद पदको शपथ ग्रहणपछि पत्रकारहरूले सोधेका प्रश्नमा जवाफ दिने क्रममा नेम्वाङले इलामेली जनताको मायाबाट आफू यहाँसम्म आइपुगेकाले इलामकै समस्या समाधानमा विशेष ध्यान दिने बताए ।

सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्थाको अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्र प्रवर्द्धन तथा विकासका लागि कतिपय नीति परिमार्जन गर्नुपर्ने आवश्यकता भए त्यसलाई पनि आफूले ध्यान दिने उनले बताए ।

सांसदको रुपमा आफ्ना तीन प्राथमिकता रहेको जानकारी गराउँदै उनले ‘बुवाले देखाउनु भएको इमान र निष्ठापूर्वक त्यो सबै कामलाई पूर्णता दिने गरी म अगाडि बढ्छु ।’

Ads

सम्बन्धित पोष्टहरू