Ads

बिहान शपथ लिएका सुहाङ दिउँसो अर्थ मन्त्रालयमा


काठमाडाैं । इलाम–२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

आज बिहान सांसद पदको शपथ ग्रहण गरेलगत्तै उनी अर्थमन्त्री भेट्न सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका हुन् । आफ्नो निर्वाचन क्षेत्रको बजेट सम्बन्धमा विभिन्न मन्त्रालय पुगेका उनले सोही सिलसिलामा आज अर्थमन्त्री पुनसँग भेट गरेको बताइएको छ ।

सुहाङले हिजो एमालेले सम्हालेका विभिन्न मन्त्रालयमा पुगेर इलाम–२ को निम्ति आगामी आर्थिक वर्षको बजेटबारे सम्बन्धित मन्त्रीसँग छलफल गरेका थिए । सबैतिरको कुरा सुनेपछि आज अर्थ मन्त्रालय पुगेका उनले कृषि, खानेपानी र पर्यटनसँग जोडिएका विभिन्न योजनामा बजेटको प्रबन्ध गरिदिन मन्त्री पुनसँग अनुरोध गरेको बताइएको छ ।

अर्थमन्त्री पुनले नेम्वाङले अघि सरेका योजनालाई सम्बोधन गर्न आफू सकारात्मक रहेको जवाफ दिए ।

Ads

सम्बन्धित पोष्टहरू