राजविराज । नेपाली कांग्रेस सप्तरीले सप्तरीको चिम्टीका अग्निपीडितहरुलाई स्वच्छ खानेपानी सहज रुपमा उपलब्ध गराउने उद्देश्यले आधा दर्जन ट्युबेल (चापाकल) प्रदान गरेको छ ।खानेपानीका लागि जडान गरिएको चापाकल आगलागीमा जलेर नष्ट भएका कारण खानेपानी सहज रुपमा उपलब्ध होस् भनेर कांग्रेसले चापाकल प्रदान गरेको जनाएको छ ।
कांग्रेस सप्तरी सभापति रामदेव साहले आज अग्निपीडितहरुलाई छ थान ट्युवेल, पाइप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयश्वरकिशोर दासलाई हस्तान्तरण गरेका हुन्।
आगलागीमा चापाकल जलेर नष्ट हुँदा खानेपानीको समस्या टडकारो देखिएपछि अग्निपीडितहरुको लागि ट्युवेल वितरण गरिएको सभापति साहले बताए । उनले अग्निपीडितहरुलाई खाद्यन्नसहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा कांग्रेसले खानेपानीको आवश्यकतालाई पूरा गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्