Ads

लेनदेनका आधारमा पार्टी विभाजन भएको हाेइन: अध्यक्ष राई


काठमाडाैं । जनता समाजवादी पार्टी नेपालबाट अलग भएको जनता समाजवादी पार्टीले पहिलो पत्रकार सम्मेलन गरेको छ।

बिहीबार पहिलो पत्रकार सम्मेलन गर्दै नयाँ पार्टीका अध्यक्ष बनेका अशोक राईले लेनदेनका आधारमा पार्टी विभाजन गरिएको हल्ला आधारहीन भएको दाबी गरे।

अध्यक्ष राईले यादव पार्टीमा आफूखुसी गर्दै आएको, स्वेच्छाचारिता हावी भएको र पारदर्शी नभएको आरोप लगाए।

उनले भने, ‘आन्तरिक विमति, विवादका कारण अलग भएका हौँ। पार्टीमा स्वेच्छाचारिता हावी थियाे। सँगै बस्न सक्ने अवु्था रहेन। अब सबैलाई समेटेर लैजान हामी तयार छौँ। पार्टीलाई सीमित गर्न अलग भएका होइनौँ। सबै जातजाति, लिंग, भौगोलिक क्षेत्रमा पार्टीलाई लैजान्छौँ। विचार मिल्ने सबैलाई समेट्छौँ। स्वतन्त्र बसेका व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आग्रह गर्छौँ।’

Ads

सम्बन्धित पोष्टहरू