काठमाण्डौ – भारतमा चलिरहेको लोकसभा चुनावका कारण कैलालीको सीमा नाका आजदेखि बन्द हुने भएको छ ।
उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते सोमवार हुने मतदानका लागि आज बेलुका ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने छ ।
प्रतिक्रिया दिनुहोस्