काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रित भएर छलफल भइरहेको छ। बैठकमा गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणको अनुसन्धान प्रतिवेदन सांसदहरूलाई बाँडेको हो।
त्यही प्रतिवेदनलाई आधान बनाएर सांसदहरूलाई प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुन निर्देशन समेत गरेको छ। कांग्रेसले रवि लामिछानेलाई गृहमन्त्री नभई रास्वपा सभापतिको हैसियतमा संसदमा बोल्न दिने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्