काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि सहज जित नकालेको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा अमेरिकाले सात विकेटको जित निकालेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो ।
जितका लागि १९५ रनको लक्ष्य पाएको अमेरिकाले १७.४ ओभरमा १९७ रन बनायो ।
अमेरिकाको जितमा आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले मात्र ४० बलमा ९४ रन बनाए । आन्ड्रिस गोसले ६५ रन बनाउँदा कप्तान मोनांक पटेलले १६, कोरी आन्डर्सनले तीन रन बनाए ।
बलिङतर्फ क्यानडाका कलीम सना, जेरेमी गोर्डन र निखिल दत्तले एक–एक विकेट लिए ।
त्यसअघि क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ६१ रन बनाएका थिए । निकोलश किर्टनले ५१ रन बनाउँदा श्रेयस मोवाले ३२ रन बनाए । आरोन जोनसनले २३ रन, दिलप्रीत बज्वाले ११, पर्गत सिंहले पाँच रन तथा डाइलन हेलिगरले एक रन बनाए ।
अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरे आन्डर्सनले समान एक–एक विकेट लिएका थिए ।
प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।
प्रतिक्रिया दिनुहोस्