मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धैर्यले काम लिने समय छ। टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।व्यावसायिक यात्राको सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला । समुदायको हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। आज कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक कार्यमा पनि मन लाग्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।महत्त्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । लगानी गर्नको लागी केही समय कुर्नु नै राम्रो हुनेछ ।व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।चुनौतीहरूसँग सम्झौता गर्नुपर्ला। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ।
प्रतिक्रिया दिनुहोस्