Ads

प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा आइतबारबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आज पनि छलफल जारी रहने छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्यसूची रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू