Ads

एकाबिहानै ओलीमाथि खनिए बालेन:‘गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु!’


काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।

न्युरोडमा पेटी बढाउन सडक विभागले अवरोध गरेपछि महानगर प्रमुख शाह सोमबार बिहानै ओलीमाथि खनिएका हुन् ।

ओलीले गिरिबन्धु टी- स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको बालेनले आरोप लगाएका छन् । ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको उनको आरोप छ ।

मेयरको निर्देशनमा भएको सडकको चौडाइ कटाउने कार्य सडक डिभिजनले रोकेको छ । उनले ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह गरेका छन् ।

‘झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ सोमवार बिहान आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै बालेनले भनेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ ।’

न्युरोड क्षेत्रमा काठमाडौं महानगरले भत्काएको सडक किनारा फेरि बनाउन थालिएको छ । फुटपाथ फराकिलो बनाउन भन्दै महानगरले भत्काएको इन्द्रचोकतर्फको सडक फेरि सडक विभागले बनाउन थालेको हो ।

गत शनिबार न्युरोड क्षेत्रमा महानगरका कर्मचारीले धमाधम सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएको थियो ।

न्युरोडको सडकलाई साँघुरो बनाउन खोजिएको भन्दै पार्ने काठमाडौं महानगरको योजनामा स्थानीयले समेत चर्को विरोध जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू