काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गिरीबन्धु टी स्टेट’बारे काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई सोध्न सुझाव दिएका छन् ।
सोमबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा ओलीले गिरीबन्धुबारे बालेनलाई सोध्न भनेका हुन् ।
गिरीबन्धुबारे विभिन्न कुरा आइरहेका छन् नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने– ‘बालेनलाई सोध्नु ।’
सोमबार मेयर साहले गिरीबन्दु टी स्टेटमा १० हजार करोडको घोटाला भएको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेका थिए ।
काठमाडौं महानगरले न्युरोडमा गरिरहेको फुटपाथ विस्तारमा सरकारले हस्तक्षेप गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए ।
प्रतिक्रिया दिनुहोस्