Ads

मधेश प्रदेशसभा बैठक अवरोध


काठमाण्डौ । करिब डेढ महिनापछि बसेको मधेस प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक प्रतिपक्षी जनमत पार्टीले अवरुद्ध गरेको छ ।सभामुखले बैठक आह्वानको तेस्रो अधिवेशनको पत्र पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद् बैठक जनमतले अवरुद्ध गरेको जनमतले जनाएको छ ।

जनमतका सांसद संजय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानबिन गर्नुपर्ने हाम्रो माग पहिलेदेखिकै हो । त्यो माग पुरा गर्नुपर्छ । समिति गठन नगरे सदन चल्न दिदैनौँ ।’

Ads

सम्बन्धित पोष्टहरू