काठमाडौ, बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बङ्ग्लादेशको राजधानी ढाकामा हिजो भएको फाइनलमा आयोजक बङग्लादेशसँग ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामै सीमित बनेको हो । बङ्ग्लादेशले थाइल्याण्डलाई र नेपालले केन्यालाई पराजित गर्दै फाइनल पुगेका थिए ।
नेपाल पहिलो पटक फाइनल पुगेको हो । समूह चरणका ५ खेलमध्ये ४ खेल जितेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया र इण्डोनेशियालाई पराजित गरेको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो ।
सन् २०२१ देखि शुरु भएको प्रतियोगिताको अहिलेसम्म ४ संस्करण आयोजना हुँदा चारै संस्करणको उपाधि बङ्ग्लादेशले जितेको छ ।
प्रतिक्रिया दिनुहोस्