Ads

सहकारीसम्बन्धी संसदीय छानबिन समितिकाे पहिलो बैठक बस्दै


काठमाडाैं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दै छ।

समितिको बैठक आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठकलगत्तै सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ।

गत जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट ७ सदस्यीय समिति गठन गरिएको थियो। उक्त समिति गठनसँगै संसदको गतिरोध अन्त्य भएको थियो। त्यसअघि समिति गठनको माग गर्दै कांग्रेसले लामो समय अवरोध गरेको थियो।

केही ठूला सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएका कारण सत्तापक्षले समिति गठन गर्न मानेको थिएन।

Ads

सम्बन्धित पोष्टहरू