Ads

सुमनाको ओली लक्षित प्रश्न–विदेशसँग सम्बन्ध हुँदैमा देशद्रोही भैहाल्छ ?


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देश कुनै अमुक नेताहरूको कैदमा रहेको र उनीहरूको मर्जीबिना पात पनि हल्लिँदैन भन्ने धारणा फेरिनु आवश्यक रहेको बताएकी छन् ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिने गरी मंगलबार सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छन्, “के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?”

विदेश पढेर आउने जनशक्ति, नेतृत्वलाइ ‘ब्रेन गेन’को अवधारणासँग जोड्दै उनले राजनीतिमा जमेर बसेकाहरूलाई विदेश गएको जनशक्ति नेपाल फर्किँदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने अभिप्राय राखेको आरोप लगाएकी छिन् । महिलाको हकमा यो अवस्था झनै विकराल रहेको उनको भनाइ छ । “म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ,” मन्त्री श्रेष्ठले लेखेकी छिन् ।

Ads

सम्बन्धित पोष्टहरू