Ads

राससकर्मी ढकाललाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार


काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) की उप–समाचारदाता प्रगति ढकाल रु ५० हजार राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
छापा सञ्चारमाध्यममा रही वातावरण संरक्षण एवं संवद्र्धनका पक्षमा जनचेतना जगाउन महत्वपूर्ण योगदान पुर्‍याएबापत राससकी उपसमाचारदाता ढकाल पुरस्कृत हुनुभएको वातावरण विभागले जनाएको छ ।

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपसमाचारदाता ढकालसहित चारजना पत्रकार पुरस्कृत भएको हो । उपसमाचारदाता ढकालले एक दशकदेखि वन तथा वातावरणका मुद्दामा सक्रिय रूपमा कलम चलाउँदै आएका छन् ।

राससकर्मी ढकाल यसअघि ‘मिडिया इन कन्जरभेसन अवार्ड’, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेपाल वातावरण पत्रकार समूह ९नेफेज०द्वारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार तथा वन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने उत्कृष्ट वातावरण संरक्षण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू