काठमाडौँ, मानव–वन्यजन्तु विचको द्वन्द्व विकराल बन्दै गएको छ । यस्तो द्वन् बढ्दै जाँदा जङ्गली जनावरबाट हुने मानवीय क्षति बढ्दै गएको छ ।जङ्गली जनावरबाट हुने मानवीय क्षति हरेक वर्ष बढ्दै गएको पाईएको छ । त्यसै गरी राज्यले दिने क्षतिपूर्तिको रकमसमेत बढ्दा राज्यलाई व्ययभार थपिएको छ ।
जङ्गली जनावरको सङ्ख्या बढ्दै जाँदा आहार नपाएपछि मानवसँगै भौतिक क्षति हुने गरेको विज्ञहरुको धारणा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुङ्गानाले विगत छ वर्षको अवधिमा ६५३ जना घाइते हुनुका साथै २३१ जनाको मृत्यु भएको जानकारी दिए । चालु आर्थिक वर्ष २०८०\८१ सालको वैशाखसम्म मात्रै ३१ जनाको ज्यान गइसकेको छ। जसमा सबैभन्दा बढी मानवीय क्षति गर्नेमा बाघ, हात्ती र गैँडा छन् । मानव–वन्यजन्तु द्वन्द्वका विषयमा गहिरो खोज अनुसन्धान नहुँदा मानवीयसँगै अन्य धेरै क्षति बेहोर्नु परेको उनी बताउँछन् । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नहुँदा मानव र जनावर दुवैतिर क्षति हुने गरेको छ ।
वन्यजन्तुले पु¥याएको क्षतिको रकम राज्यले पीडितलाई दिने भएकाले त्यसको रकमसमेत बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९र८० मा कुल १३ करोड ५४ लाख रुपियाँ वन्यजन्तुबाट हुने क्षतिबापत तिर्नु परेको छ । सरकारले मृत्यु भएका प्रतिव्यक्ति परिवार १० लाख रुपिँया दिँदै आएको छ । अपाङ्गता, घाइते र बालीनाली, पशुधन र घरमा क्षति गरेको अवस्थामा पनि अवस्था हेरी क्षतिपूर्ति दिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्