Ads

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडाैं । सरकारले विभिन्न ११ वटा देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

छिमेकी राष्ट्र भारत, इजरायल, पोर्चुगल, अमेरिका लगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

ती मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल,स्पेन, राम राय डेनमार्क,अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी), नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राजदूत फिर्ता लगायतका विभिन्न निर्णय गरेको ती मन्त्रीले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू