काठमाडाैं । सूचना प्रविधि र कार्यालय व्यवस्थापनबारे बुझ्न माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेकपा (एमाले) को केन्द्रीय कार्यालय पुगेका छन्।
पूर्वसभामुख समेत रहेका सापकोटा शुक्रबार दिउँसो एमाले केन्द्रीय कार्यालय पुगेका हुन्।
पार्टी उपमहासचिव विष्णु रिमालले एमालेको कार्यालय सञ्चालन तथा व्यवस्थापनबारे जानकारी गराएको एमाले प्रचार विभागले जानकारी दिएको छ।
पार्टी कार्यालय अवलोकनका क्रममा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले एमाले सूचना–प्रविधिलाई आत्म आत्मसात गर्दै चलेको अनुभव गरेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्