Ads

ओलीले भने : ‘शास्त्रमा मज्जासँग लेखेको छ,रामको जन्मभूमि माडी नै हो’


चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहोर्‍याएका छन् ।

एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे ।

‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’

आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू